काठमाडौ,१६ पुस ।
काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको विरुद्धमा उत्रन कार्यकर्तालाई निदेशन दिएका छन् । सोमबार ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काँग्रेसले काठमाडौमा आयोजना गरेको कार्यक्रममा देउवाले सरकार गणतन्त्र सिध्याउनतर्फ लागेकोले यसलाइृ जोगाउँन कार्यकतालाई सरकारको विरुद्धमा उत्रन निर्देशन दिएका हुन्। सरकार प्राप्त उपलव्धि मास्न लागेपछि लोकतन्त्र र संविधान जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको पनि दावी गर्दै उनले भने, लोकतन्त्र जोगाउनकै लागि काँग्रेसको जन्म भएको हो त्यसैले तपाइँहरु सरकारको विरुद्धमा लाग्नुस ।
‘ ‘अहिलेको अवस्था विकास र सम्बृद्धिमा लाग्ने हो । हामीलाई आन्दोलनमा जाने इच्छा पनि थिएन । तर सरकारले लोकतन्त्र खतारामा पारेकाले लोकतन्त्र जोगाउन संघर्षमा जान बाध्य बनायो, उनले भने । जनताका आवाश्यक्ता र अधिकार दिलाउन काँग्रेस तयार रहेको बताउँदै देउवाले भने,अब काँग्रेसले मेलमिलाप सरकारसँग नगरी जनतासँग गर्छ ।
प्रकाशित मितिः December 31, 2018 at 4:29 pm













कर्मसञ्चार । २०७५ पुष १६ गते सोमवार