जेनजी प्रदर्शन : मृतकको संख्या ३६ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको तथ्यांक अनुसार, मृतकको संख्या ३६ पुगेको हो ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ७६० जना घाइते उपचाररत छन् । जसमध्ये ३२२ जना अस्पतालमा उपचाररत छन् । हालसम्म १,३३० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पु¥याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मितिः   September 12, 2025 at 11:17 am 


  • प्रतिक्रिया दिनुहोस्