नेकपा प्रमुख सचेतकमा शाह

सुर्खेत, १८ फागुन ।
कर्णाली प्रदेशसभा नेकपा संसदीय दलको प्रमुख सचेतकमा गुलाबजंग शाह नियुक्त भएका छन् । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई शनिबार प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । शाह यसअघि तत्कालीन नेकपा एमालेका ससंदीय दलका प्रमुख सचेतक थिए ।

प्रमुख सचेतक शाहले दुईवटा महत्वपूर्ण नियुक्तिसँगै संसदीय दलले पूर्णता पाएको र अब गतिशिल हुने बताए ।

यस्तै, सचेतकमा सीता नेपाली चयन भएकी छन् । उनी तत्कालीन माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक थिइन् । लामो समयदेखि नेतृत्वविहीन रहेको नेकपा संसदीय दलमा एक महिनाअघि मुख्यमन्त्री शाही सर्वसम्मत् निर्वाचित भएका थिए ।

प्रमुख सचेतक शाहले दुईवटा महत्वपूर्ण नियुक्तिसँगै संसदीय दलले पूर्णता पाएको र अब गतिशिल हुने बताए ।

प्रकाशित मितिः   March 3, 2019 at 12:42 pm 


  • प्रतिक्रिया दिनुहोस्