मुलुकी ऐनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ४ भदौ ।
गत शुक्रबारबाट लागू भएको मुलुकी संहिताका केही व्यवस्था संविधानसँग बाझिएकाले खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । संहिता लागू भएको चौथो दिनमै अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय संसद् लगायतका विपक्षी बनाई रिट दायर गरेका हुन् ।
रिटमा अनुमति बिना तस्बिर खिच्न नपाउने, भिख माग्न नपाउने, डाक्टरहरुले उपचार गर्दा बिरामीको मृत्यु भएमा सजाय गर्ने लगायतका व्यवस्था संविधानसँग बाझिएकाले खारेज हुनुपर्ने माग गरिएको छ । अधिवक्ता न्यौपानेले दायर गरेको निवेदनमा देवानी र फौजदारी संहिताको बुँदा संविधानसँग बाझिएको दाबी गरिएको छ ।

प्रकाशित मितिः   August 20, 2018 at 7:43 pm 


  • प्रतिक्रिया दिनुहोस्