आज र भोलि गर्मी बढ्ने

बुधबारबाट पानी पर्ने

सुर्खेतः केही दिनबाट देशका धेरै भूभागमा सुक्खा हुँदा गर्मी बढेको छ । आज र भोलिसम्म तापक्रम बढ्ने र भोलि रातिबाट पानी पार्ने प्रणाली विकास हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज र भोलि दिउँसोसम्म देशका धेरै स्थानमा वर्षा हुने छैन । भोलिबाट हल्का वर्षा गराउने प्रणाली विकास भएर बुधबारबाट वर्षा हुने उनी बताउँछन् ।
बुधबारदेखि तापक्रम घट्दै जाने र वर्षा बढ्दै जाने मौसमविद्हरूले जनाएका छन् । यो हप्ताभरमा मनसुनले लगभग नेपाल पूरै यात्रा गर्ने सम्भावना रहेको उनीहरूको भनाइ छ । बिहीबारदेखि केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जेठ १५ गते कोसी प्रदेशमा भित्रिएको मनसुन त्यसभन्दा अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मितिः   June 9, 2025 at 1:34 pm 


  • प्रतिक्रिया दिनुहोस्