सिम्ता गाउँपालिकामा के–के भए काम ?


अध्यक्ष ऐनबहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) नेतृत्वको सिम्ता गाउँपालिकाले तीन वर्षको अवधिमा सम्पादन गरेका मुख्य–मुख्य काम र हासिल गरेका उपलब्धीहरू बुँदागत रूपमाः–
१. गाउँपालिकाको पाँचवर्षे आवधिक योजना निर्माण गरी कार्यान्वयनमा लगिएको ।
२.करिब ३,२०० घरधुरीमा ‘एक घर एक धारा’को माध्यमद्वारा स्वच्छ पिउनेपानीको व्यवस्था गरिएको ।
३.शहीद ऋषि स्मृति चक्रपथ कालोपत्रे प्रक्रियाको थालनी गरिएको ।
४. शहीद इन्द्र बिसी द्रुतमार्ग कालोपत्रे प्रक्रियाको सुरूवात गरिएको ।
५. बेवारिसे अवस्थामा रहेका सामुदायिक पशुचौपायाका लागि गौशाला निर्माण गरी व्यवस्थापन गरिएको ।
६. सामाजिक सुरक्षा भत्ता वडा–वडाबाट वितरण गरिएको ।
७. जलवायु अनुकुलन कार्ययोजना निर्माण गरिएको ।
८. अध्यक्ष कप खेलकुद कार्यक्रम सम्पन्न भएको ।
९. आलु पकेट,ओखर खेती पकेट क्षेत्र निर्माण गरिएको ।
१०. स्वास्थ्य सेवा, राजस्व संकलन, व्यवसाय दर्ता तथा नवीकरण, पशु स्वास्थ्य र बाली परीक्षण शिविर सम्पन्न भएको ।
११. बालमैत्री पालिका अभियानलाई निरन्तरता दिइएको ।
१२. विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन भइरहेको ।
१३. विपन्न नागरिक निःशुल्क स्वाथ्य विमा कार्यविधि निर्माण गरिएको ।
१४. अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरिएको ।
१५. सिम्ता उज्यालो कार्यक्रममार्फत करिब एक हजार घरधुरीमा विधुत लाइन विस्तार तथा सञ्चालन भएको ।
१६. जनमैत्री प्रशासनमा जोडदिनुका साथै पालिकाका सडक, विद्यालय, स्वास्थ्यलगायतका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका कार्यहरूलाई प्राथमिकता दिइएको ।

प्रकाशित मितिः   June 8, 2025 at 2:35 pm 


  • प्रतिक्रिया दिनुहोस्