सुर्खेतः वीरेन्द्रनगर–४ मा वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् । नमुना युवा क्लबको आयोजनामा भएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि वीरेन्द्रनगरको ४ नं. वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा १६ वटा टिमले भाग लिने क्लबका अध्यक्ष गणेशमान खनालले कर्मसञ्चारलाई जनाए ।
वीरेन्द्रनगर नगरपालिकामा वडा अध्यक्ष कप सञ्चालन गरिएको यो नै पहिलो हो । प्रतियोगिता उद्घाटन कार्यक्रममा वडा नं ४ का अध्यक्ष शेरबहादुर केसी, कर्णाली प्रदेश खेलकुद महासंघका अध्यक्ष प्रमोद हमाललगायतको उपस्थिति रहेको थियो । आयोजकका अनुसार प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुनेछ ।
























कर्मसञ्चार । २०८२ जेष्ठ २३ गते शुक्रवार