
नगर प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहरा नेतृत्वको भेरीगंगा नगरपालिकाले तीन वर्षको अवधिमा सम्पादन गरेका मुख्य–मुख्य काम र हासिल गरेका उपलब्धि बुँदागत रूपमाः
१. कर्मचारीहरूलाई जनतासँग मुस्कानसहितको सेवा प्रवाह गर्न र काममा ढिलासुस्ती तथा झन्झटको अन्त्यगरी जनमैत्री प्रशासनको सुरूवात गरिएको ।
२. भेरीगंगा नगरपालिकाको प्रशासकीय भवनको निर्माणकार्य तोकिएको समयभित्र सम्पन्न भएको ।
३. छिन्चु बजार चोकदेखि इलाका प्रहरी कार्यालयसम्म जाने सडकको पुरा चौडाइसमेतको सडक कालोपत्रे गरिएको ।
४. भेरीगंगा निवासी नागरिकहरूलाई जटिल रोग मुटु, मृगौला, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल एनिमिया, हिमोफिलिया र प्यारालाईसिसबाट पूर्णअसक्त नागरिकलाई मासिक रु. २,०००/– उपचार तथा जीवन निर्वाह भत्ता उपलब्ध गराएको ।
५. नगरपालिकाका प्रमुख बजारहरूमा सरसफाई अभियानको थालनी गरी फोहोर मैला व्यवस्थापन गर्न अभियान सञ्चालन गरेको तथा फोहरमैला प्रशोधन केन्द्र निर्माण गरिएको ।
६. नेपाल रेडक्रस सोसाइटी,जिल्ला आँखा अस्पताल सुर्खेत र भेरीगंगा नगरपालिकाको संयुक्त सहकार्यमा नेपाल रेडक्रस सोसाइटी उपशाखा छिन्चुमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित रूपमा उपचार सेवा सुरू गरिएको ।
७. भेरीगंगा नगरपालिका वडा नं.१२ मा सुविधा सम्पन्न छिन्चु बसपार्क निर्माणाधीन अवस्थामा रहेको ।
८. भूमि सम्बन्धि समस्या समाधान गरी जनतालाई जग्गाधनी पुर्जा वितरण गर्नका लागि भूमि आयोगसँग समन्वय गरी जग्गा नाप–जाँच र प्रमाणीकरण कार्य भइरहेको तथा साबिक मैनतडाको कोटमाझखर्क लगायतका केही जग्गाको पुर्जा वितरण कार्य गरिएको ।
९. नगरपालिकालाई नीति, विधिमा सञ्चालन गर्दै प्रविधियुक्त बनाउन ४० बढी नयाँ ऐन, नीति, निर्देशिका र कार्यविधि निर्माण र राजपत्रमा प्रकाशनगरी कार्यान्वयनका साथै नयाँ प्रविधिको प्रयोगको थालनी गरिएको ।
१०. हिमशिखर बहुमुखी क्याम्पस भेरीगंगा ११ रामघाटको भौतिक संरचना तथा भवननिर्माण कार्य सम्पन्न गरिएको साथै कृषि क्याम्पस रामघाटको ल्याब भवन निर्माण गरिएको ।
११. भेरीगंगा नगरपालिका वडा नं. १ को भ¥याङ्ग, वडा नं. २ को लेखपराजुल र वडा नं. ४ को हर्रेमा नयाँ स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवामा जनताको पहुँच बृद्धि गर्ने कार्य गरिएको ।
१२. भेरीगंगा नगरपालिका वडा नं. २ मोहटीमा सुरक्षित सुत्केरी सेवा प्रदान गर्नका लागि वर्थिङ सेन्टर स्थापना गरी सेवा प्रवाह गरिएको ।
१३. नगरपालिकाभित्र आउने सेवाग्राहीका लागि ठूलो फिल्टर मेसिनसमेत जडान गरी शुद्ध खानेपानीको व्यवस्था गरिएको ।
१४. वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि नगरपालिकाको रोजगार सेवा केन्द्रबाट कार्यान्वयन हुनेगरी व्यक्तिगत श्रम स्वीकृति र पुनःश्रम स्वीकृति दिने र वैदेशिक रोजगारमा सिलसिलामा समस्यामा परेकालाई सहयोग गर्ने कार्यको सुरूवात गरिएको ।
१५. नगरका सबै वडामा सडक विस्तार गरिएको, स्वास्थ्य चौकी तथा विद्यालय भवन र खानेपानी एवम् सिंचाइलगायत निर्माणका कार्यहरू भइरहेको ।























कर्मसञ्चार । २०८२ जेष्ठ २३ गते शुक्रवार