नेपाल बारकाे अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित

काठमाडाैं, २१ चैत  ।

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार अपराह्न सकिएको मतगणनामा श्रेष्ठ लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

महासचिवमा भने वामपन्थी उम्मेदवार सुरेन्द्र थापामगरलाई हराउँदै लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन्।

बारको केन्द्रीय समितिका अत्याधिक पदमा प्रगतिशिल प्यानलका उम्मेदवारले जित्दा  अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद महासचिव र एक उपाध्यक्ष भने कांग्रेस समर्थक प्रजातान्त्रिक प्यानलले जितेको छ ।

१९ सदस्यीय कार्यसमितिका एक महिला र सात प्रदेश उपाध्यक्ष मध्ये सात बटामा प्रगतिशिल प्यानलले बिजय प्राप्त गरेको छ ।

प्रकाशित मितिः   April 4, 2019 at 7:07 pm 


  • प्रतिक्रिया दिनुहोस्