सुर्खेत, २७ साउन ।
वीरेन्द्रनगरमा आउँदो भदौ २ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । ‘तनाब छ जिन्दगी’ को आयोजना तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संयोजनमा विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । आयोजकले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएका हुन् ।
स्थानीय कला संस्कृतिको विकास र प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ‘तनाब छ जिन्दगी’ का उपाध्यक्ष कविराज गिरीले जानकारी दिए । स्थानीय स्तरमा रहेका कला संस्कृतिको जर्गेना गर्न उक्त कार्यक्रमले महत्वपुर्ण सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन् । कार्यक्रम सञ्चालनका लागी झन्डै २ लाख ७५ हजार रूपैयाँ लाग्ने आयोजकको अनुमान छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने विशेष साँस्कृतिक कार्यक्रममा डान्स कम्पोटिसन, टेक्निकल टक, साँस्कृतिक नृत्य, ¥याप गीत विशेष आकर्षण रहने बताइएको छ ।


कर्मसञ्चार । २०७५ साउन २७ गते आइतवार