
अग्निपीडित परिवारका लागि मदन भण्डारी फाउन्डेसन केन्द्रीय कार्यालयले संकलित राहत सामग्री पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई हस्तान्तरण गर्नु हुँदै फाउन्डेसनका केन्द्रीय सदस्य रवीन्द्रराज शर्मा । तस्बिरः प्रकाश अधिकारी / रासस
कालीकोट, १६ पुस ।
मदन भण्डारी फाउण्डेसन केन्द्रीय कार्यालयले कालीकोटका अग्निपीडित परिवारलाई राहत प्रदान गरेको छ । फाउण्डेसनका केन्द्रीय सदस्य एवं सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका पुगेको टोलीले राहत सामग्री प्रदान गरेको हो ।
फाउण्डेसन कालीकोटद्वारा पलाताको थिर्पुमा आयोजित कार्यक्रममा शर्माले गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । फाउण्डेसनका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीको विशेष पहलमा अग्निपीडित परिवारलाई राहत सङ्कलन गरिएको थियो । फाउण्डेसनले अग्निपीडित ८७ घरधुरीका लागि सिरक एक सय थान, चामल ५० क्वीन्टल, पाल–त्रिपाल ५० थान, कम्बल ४० थान, तेल दुई सय लिटर, २५ बोरा चिउरा, चाउचाउ, पानी बोक्ने झोला, औषधिलगायत राहत सामग्री उपलब्ध गराएको छ ।
सांसद शर्माले विपद्का बेला सबैले सहयोग गर्नुनै मानवीय धर्म भएको बताउनुभयो । नेकपा कालीकोटका नेता नगेन्द्र शाहीले अग्निपीडितलाई सहयोग र पुनःस्थापनामा सहयोग जुटाउन तत्पर रहेको बताउनुभयो ।
फाउण्डेसनले अग्निपीडित ८७ घरधुरीका लागि सिरक एक सय थान, चामल ५० क्वीन्टल, पाल–त्रिपाल ५० थान, कम्बल ४० थान, तेल दुई सय लिटर, २५ बोरा चिउरा, चाउचाउ, पानी बोक्ने झोला, औषधिलगायत राहत सामग्री उपलब्ध गराएको छ ।
यही पुस ९ गते राति पलाताको खाडा बस्तीमा आगलागी भएको थियो । गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत सङ्कलन तथा वितरण गरिरहेको छ । अध्यक्ष बमले गाउँपालिकाले विकास निर्माणका लागि गठन गरेको युवा समूहले नै थिर्पुबाट बस्तीसम्म राहत सामग्री पु¥याइरहेको बताउनुभयो । कालीकोटको जितेगडा हुँदै कर्णाली करिडोरको थिर्पुसम्म गाडीबाट र त्यहाँबाट बस्तीसम्म पुग्न करीब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
प्रदेश सरकारले नमूनाबस्ती विकास गर्न प्रतिपरिवार रु पाँच लाख प्रदान गर्ने निर्णय गरिसकेको छ । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, कालीकोटले रु १० हजार र कर्णाली प्रदेश सरकारले रु २० हजार उपलब्ध गराइसकेका छन् । (रासस)
प्रकाशित मितिः December 31, 2018 at 5:46 pm























कर्मसञ्चार । २०७५ पुष १६ गते सोमवार