
सुर्खेतः कर्णालीको मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक २८ वैशाखमा आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो ।
बजेट अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । यस्तै, सोही मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।













कर्मसञ्चार । २०८२ वैशाख २२ गते सोमवार