काठमाडौं असोज ९
प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडौं भित्रिएको ३ किलो सुनसहित दुई जना भरियालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले टोखामा दुई युवाका साथबाट १२ थान सुनका टुक्रा बरामद गरेको हो ।
पक्राउ परेका आरोपीले बेल्टमा बल्स बटम बनाएर सुनका टुक्रा लुकाएका थिए । परिसर प्रमुख बसन्तकुमार लामाले केरुङ नाकाबाट मोटरसाइकलमा आएका उनीहरुलाई सूचनाका आधारमा पक्राउ गरिएको बताए। प्रहरीका अनुसार सोमबार राती रसुवाबाट मोटरसाइकलमा आएका पेम्वा लामा र नरबहादुर घललाई चेकजाँच गर्दा बेल्टमा लुकाएको अवस्थामा सुन बरामद गरेको हो ।
प्रकाशित मितिः September 25, 2018 at 1:21 pm


कर्मसञ्चार । २०७५ असोज ९ गते मंगलवार