लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत

काठमाडौंः
आजदेखि तेस्रो लगानी सम्मेलन सुरू भएको छ । प्रत्यक्ष वैदेशिक लगानी भि¥याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलन आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् भने ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छ भने २० वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको छ ।

सोमबार सकिने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र २ वटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

यी हुन् लगानीका निम्ति आशयपत्र आह्वान गर्न लागिएका २० परियोजनाः
१. धुलिखेल मेडिसिटी परियोजना
२.सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना
३.नौमुरे बहुउद्देश्यीय परियोजना
४.खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना
५.हुम्ला कर्णाली जलविद्युत् आयोजना
६.माथिल्लो चमेलिया जलविद्युत् आयोजना
७.पाँचखाल विशेष आर्थिक क्षेत्र
८.कवाडीखोला जलविद्युत् आयोजना
९.कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना
१०.भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना
११.तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना
१२.सुपर बुढीगण्डकी जलविद्युत् आयोजना
१३. पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र
१४.दैजी औद्योगिक क्षेत्र
१५.बबरमहल प्रशासनिक प्लाजा
१६.महादेव खोला जलाशय निर्माण
१७.कर्णाली चिसापानी वायुऊर्जा परियोजना
१८.चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग
१९.जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज
२०.धौवादी फलाम खानी उत्खनन आयोजना

प्रकाशित मितिः   April 28, 2024 at 10:41 am 


  • प्रतिक्रिया दिनुहोस्