वीरेन्द्रनगरमा एन्फा महिला फुटबल लिग हुँदै (खेल तालिकासहित)

सुर्खेतः
अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगको छनोट खेल वीरेन्द्रनगरमा हुने भएको छ । एन्फाले विहीबार पत्रकार सम्मेलन गरी महिला लिगबारे जानकारी दिएको हो । महिला फुटबल लिग छनोटको उद्घाटन शुक्रबार हुनेछ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुन लागेको महिला फुटबल लिग प्रतियोगिता वैशाख ७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । एन्फाले सात प्रदेशको सहभागिता सुनिश्चित गर्दै महिला लिग छनोटको तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

लिगका सबै खेलहरू विरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालामा हुने एन्फाका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष रविन्द्र चन्दले जनाए । उनका अनुसार लिग छनोट र मुख्य गरी दुई चरणमा आयोजना हुनेछ । छनोटको पहिलो चरणमा सातै प्रदेशका टिमको सहभागिता रहने आयोजकले जनाएको छ । दोस्रो चरणमा भने तीन विभागीय टोलीले सिधै स्थान बनाउनेछन् ।

फुटबलको महिलातर्फ शीर्ष तहको छनोट प्रतियोगिता भएकाले यसलाई कर्णाली प्रदेशको गौरवको रुपमा हेरिएको छ । यो लिगले राष्ट्रिय महिला फुटबल टिमका लागि खेलाडी छनोट गर्न सहज हुने बताइएको छ । प्रतियोगिताको बासस्थान र यातायात खर्च एन्फाले व्यहोर्ने छ । त्यस्तै, सुर्खेत जिल्ला फुटबल संघ सहआयोजक रहनेछ । छनोटका लागि कर्णाली खेलकुद विकास परिषद्ले पनि आर्थिक सहयोग गर्ने बताइएको छ ।
यस्तो छ खेल तालिकाः

 

 

 

प्रकाशित मितिः   April 18, 2024 at 5:29 pm 


  • प्रतिक्रिया दिनुहोस्