
सुर्खेतः
बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । सरकारले आज बिहीबार र भोलि शुक्रबार दुई दिन बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउने गरिएको छ ।
प्रकाशित मितिः April 18, 2024 at 10:43 am























कर्मसञ्चार । २०८१ वैशाख ६ गते बिहीवार