संघको बजेट :

कर्णाली प्रदेशलाई सबैभन्दा बढी अनुदान

 

सुर्खेतः संघीय सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय हस्तान्तरणमार्फत कर्णाली प्रदेश सरकारलाई सबैभन्दा बढी बजेट पठाएको छ । कर्णाली प्रदेशलाई रू १६ अर्ब चार करोड सात लाख अनुदान दिइएको हो । संघ सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमा प्रदेशहरूलाई कूल रु ९७ अर्ब ६५ करोड चार लाख बजेट दिएको छ । जसमध्ये सबैभन्दा बढी कर्णाली प्रदेशले पाएको हो ।
यस्तै, कोशी प्रदेशलाई रु १४ अर्ब ५० करोड ३३ लाख, सुदूरपश्चिमलाई रु १४ अर्ब २० करोड ७२ लाख र लुम्बिनी प्रदेशलाई रु १४ अर्ब एक करोड ९९ लाख बजेट छुट्याइएको छ । बागमती प्रदेशले रु १३ अर्ब ८१ करोड ९३ लाख बजेट पाउँदा मधेशले रु १२ अर्ब ७३ करोड ६४ लाख र गण्डकीले रु १२ अर्ब २३ करोड ६६ लाख बराबर बजेट पाएको छ । संघ सरकारबाट वित्तीय हस्तान्तरणमार्फत सबैभन्दा कम बजेट गण्डकी प्रदेशले पाएको छ ।

प्रकाशित मितिः   June 2, 2025 at 5:27 pm 


  • प्रतिक्रिया दिनुहोस्