
सुर्खेतः
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले १२औं जिल्ला अधिवेशन यही वैशाख ८ गते गर्ने भएको छ । शुक्रवार बसेको महासंघको ८औं पूर्णबैठकले अधिवेशन तथा वार्षिक साधारणसभाको मिति तोकेको हो ।
महासंघले अधिवेशन वीरेन्द्रनगर–१४ मा रहेको पर्यटकीय स्थल गढीमा गर्ने निर्णय गरेको अध्यक्ष ललित बसेलले बताए । महासंघ सुर्खेत शाखाले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू वितरणका लागि अध्यक्ष बसेलको संयोजकत्वमा पदाधिकारीहरू रहेको सात सदस्यीय छनोट समिति गठन गरेको छ । यस्तै, अधिवेशनलाई भव्यताका साथ सफल बनाउन प्रचार, मञ्च व्यवस्थापन, अतिथि सत्कार र साँस्कृतिक उपसमितिरू गठन गरिएको छ ।























कर्मसञ्चार । २०८१ वैशाख १ गते शनिवार