
सुर्खेतः– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मंगलवार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको सर्मथनमा कँडेल मुख्यमन्त्री बनेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ । यहाँ सत्ता गठबन्धनको २४ सिट छ । नयाँ सत्ता समीकरणमा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना प्रदेशसभा सदस्य छन् । एमाले स्थायी कमिटी सदस्य कँडेल पार्टी राजनीति र संसदीय अभ्यासमा पुराना र अनुभवी नेता हुन् ।
प्रकाशित मितिः April 9, 2024 at 9:07 pm













कर्मसञ्चार । २०८० चैत्र २७ गते मंगलवार