‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं, २० पुस ।

‘तपस्वी’  रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले शुक्रवार छापा मारेको छ । जिल्ला अदालतबाट अनुमति पाएपछि जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बम्जनको बाडेगाउँस्थित जंगलको आश्रममा छापा मारेको हो ।

तीन जना आनीलाई बेपत्ता बनाएको तथा एक जना भक्तलाई हत्या गरेको आरोप बम्जनमाथि लागेको छ। प्रहरीले शिविर वरिपरि विशेष रूपमा खानतलासी गरिएको जनाएको छ। बम्जन भने हाल सिन्धुलीको आश्रममा बस्छन्।

‘आश्रमलाई अनुसन्धानको घेरामा राखेर अन्य निगरानीको कामलाई तीव्रता दिइरहेका छौँ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनिले भने। उनले हाल छापा मात्रै मारेर विभिन्न अनुसन्धानको प्रक्रियालाई अगाडी बढाएको सुनाए।

मरासिनीले छापा मारेर अनुसन्धान गरिरहेको उल्लेख गरेपनि थप केही बताएको छैन। बाराको हलखोरियामा निराहार तपस्या गरेपछि ‘लिटिल बुद्ध’को रूपमा चिनिएका बम्जन जिल्लाको बाडेगाउँमा आश्रम बनाएर बसेका थिए।

प्रकाशित मितिः   January 4, 2019 at 4:57 pm 


  • प्रतिक्रिया दिनुहोस्