सुर्खेत, ३० भदौ ।
बलात्कारका घटनालाई समेटेर निर्माण गरिएको लघु चलचित्र चित्कार सार्वजनिक गरिएको छ । कर्णाली कला प्रतिष्ठान नेपाल तथा काँक्रेविहार मुभि हाउसको प्रस्तुतिमा चित्कार निर्माण गरिएको हो ।
लघु चलचित्रमा खगेन्द्र केपी, गीता कटुवाल, विष्णा वादी, नेत्र रावत, आरती बढा, इक्माइल सल्मानीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको लेखन तथा निर्देशन बालकृष्ण सुनारले गरेका हुन् । यसले बलात्कारका घटना न्यूनिकरण गर्न र सकारात्मक सोच र चिन्तनको विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह अपेक्षा गरिएको चलचित्रका सम्पादक अकवर खानले बताए ।
https://www.youtube.com/watch?v=ASL85KUd2uU
प्रकाशित मितिः September 15, 2018 at 6:31 pm


कर्मसञ्चार । २०७५ भाद्र ३० गते शनिवार