गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

सुर्खेत, १० माघ ।

जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूस लिने क्रममा शुक्रबार दिउँसो वीरेन्द्रनगरबाट अख्तियारको नियन्त्रणमा परेका छन् ।

दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्त चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका हुन् । सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारले उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय सुर्खेतका प्रवक्ता मघेराज सापकोटाले जानकारी दिए ।

प्रकाशित मितिः   January 24, 2020 at 6:57 pm 


  • प्रतिक्रिया दिनुहोस्