ईश्वर अधिकारी
सुर्खेत, २७ कात्तिक ।
भर्खरै शहरीकरणतर्फ उन्मुख सुर्खेतको वीरेन्द्रनगर बजारमा अझै पनि ब्यवसायीको एकाधिकार छ । ठूला तथा वैकल्पिक ब्यापारिक कम्पलेक्स छैनन् । भएका ब्यवसायमा पनि स्वस्थ प्रतिस्पर्धा छैन । किनमेलका लागि विकल्प नभएपछि ब्यवसायीले तोकेको मनलाग्दी रेटमा सामान खरिद गर्नुपर्दा उपभोक्ता मर्कामा छन् । हरेक सामानमा चर्को मूल्य तिर्नुपर्दा उपभोक्ता आर्जिक भएका छन् ।

केही दिनयता सुर्खेतको वीरेन्द्रचोकमा असामान्य भीड छ । यहाँ ६ सय रुपैयाँमा सामान पाइने पसल खुलेको छ । स्थानीय बजारको महंगीले आजित उपभोक्ताको यहीँ पसलमा थेगिनसक्नु भीड लागेको छ ।
वीरेन्द्रचोकको भीडले बजारको महंगी र मनलाग्दी प्रष्ट देख्न सकिन्छ । अरू पसलका सञ्चालकले ग्राहक कुरेर बस्नु परिरहेका बेला आइतबारदेखि बिक्री शुरु गरेको तेन्जीन लमु क्लोथिङ स्टोरले भने ग्राहकको भीड थेग्न नसकेर प्रहरीको सहायताले सामान बिक्री गर्दै आएको छ । यहाँको बजारमा दुई/तीन हजारमा बिक्री भइरहेका सामना ६ सयमा पाइएपछि वीरेन्द्रचोकमा ग्राहकको रमिता छ ! यतिसम्म की क्लोथिङ स्टोरले टोकन सिस्टम बनाउँदा पनि सामान किन्न नपाएर ग्राहक खाली हात फर्किने गरेका छन् । वीरेन्द्रचोकमा बिहान ५ बजेदेखि राती ९ बजेसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।
सस्तो पसलमा लागेको भीडबाट सहजै अनुमान लगाउन सकिन्छ यहाँको बजार मूल्यबाट उपभोक्ता कति आजित छन् ।
चर्को मूल्य तिरेर दैनिक उपभोग्य सामान खरिद गर्न बाध्य यहाँका उपभोक्ता सस्तो पसलमा भीड लाग्नु स्वभाविक भएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकले बताए । ‘यो भीड बजारको मनलाग्दी मूल्यबाट आर्जित उपभोक्ताको हो,’ उनले कर्म सञ्चारसँग भने, ‘यो मात्रै होइन यस्ता सस्ता पसल अब अरू पनि खुल्नुपर्छ ।’ क्रेयशक्ति कम भएका सर्वसाधारणका लागि यस्ताखाले बजारले राहत पुग्ने उनले बताए । सस्तो पसलमा लागेको ग्राहकको भीडको अर्थ यहाँका ब्यवसायीले पनि बुझ्न जरूरी भएको उनको भनाइ छ ।

स्थानीय बजारको ढाड सेक्ने महंगीले आत्तिएका ग्राहक सस्तो मूल्यमा फेन्सी तथा रेडिमेट र घरायसी अन्य सामान पाइने पसल खुलेसँगै टोकन सिस्टमबाट लाइनमा उभिएर समान खरिद गरिरहेका छन् । तेन्जीन लमु क्लोथिङ स्टोर नामको उक्त पसलमा बिना विज्ञापन बिक्री शुरु गरेको दिनदेखि नै ग्राहकको घुइँचो देखेर आसपासका व्यवसायी अचम्मित छन् ।
स्थानीय मेडिकल ब्यवसायी प्रेम भण्डारी र निर्माण ब्यवसायी नेत्र कार्कीको साझेदारीमा निर्माणाधीन भवनको दोस्रो तलामा सञ्चालित उक्त पसलले ६ सयको सामान खरिद गर्दा पनि ग्राहकलाई बिल दिने गरेको छ । यता यहाँका फेन्सी तथा रेडिमेट ब्यवसायीले भने हजारांैको सामान खरिद गर्दा पनि ग्राहकलाई बिल नदिएर कर छलि गर्दै आएका छन् । गुणस्तरीय सामान सस्तो मूल्यमा पाएपछि ग्राहकको भीड लागेको यहाँका स्थानीयले बताएका छन् । बजारमा ग्राहकलाई ठग्ने प्रतिस्पर्धा नै चल्ने गरेको उनीहरुको आरोप छ ।

फेन्सी तथा रेडिमेट पसलको सम्बन्धीत निकायले नियमित बजार अनुगमन नगर्दा हरेक सामानमा ब्यवसायीले अस्भाविक मूल्य असुल्दै आएका छन् । यसरी सस्तोमा सामान बिक्री हुन थालेपछि यहाँका फेन्सी तथा रेडिमेट ब्यावसायीमा यसले तरंग ल्याएको छ । ‘यस्तो क्वालिटिको कपडा यति सस्तोमा कसरी विक्री गरियो हामी अचम्मित भएका छौं,’ स्थानीय एक फेन्सी व्यवसायीले कर्म सञ्चारसँग भने । उनले आफूहरुलाई खरिद नै योभन्दा महंगो पर्ने जिकिर गरे ।
सिजनका कपडा सस्तो मूल्यमा पाइने पसल खुलेपछि यहाँका ब्यवसायी आफ्नो धन्दा चौपट हुने डरले त्रसित छन् । चलनचल्तीको बजारमा महंगो मूल्य तिरेर कपडा खरिद गरिरहेका ग्राहक भने हरेक सामान ६ सयमा पाउँदा दंग छन् ।
यो पनि पढ्नुहोस् https://karmasanchar.com/2019/11/4042/
प्रकाशित मितिः November 14, 2019 at 5:36 pm























कर्मसञ्चार । २०७६ कार्तिक २८ गते बिहीवार