राष्ट्रिय सहकारी बैंकको कर्णाली सञ्चालकमा योगी

सुर्खेत, २२ पुस ।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्यमा हरिहरनाथ योगी निर्वाचित भएका छन् । हालै काठमाण्डौमा सम्पन्न सहकारी बैंकको १५औं अधिवेशनबाट योगी कर्णाली प्रदेशको तर्फबाट सञ्चालक सदस्यमा निर्वाचित भएका हुन् ।

उनले सुर्खेतकै खीमबहादुर भण्डारीलाई भारी मतले पराजित गरेका हुन् । योगीले ३ हजार २ सय ४९ मत ल्याएर विजय भए भने उनका प्रतिद्धन्दी भण्डारीले ५ सय १० मत प्राप्त गरेका छन् ।

२० वर्षदेखि सहकारी अभियानमा आवद्ध योगी यसअघि सहकारी बैकको केन्द्रीय सञ्चालक समितिमा थिए । उनी वीरेन्द्रनगर–३ स्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।

प्रकाशित मितिः   January 6, 2019 at 7:45 pm 


  • प्रतिक्रिया दिनुहोस्