धवलशम्शेरलाई नेकपामा आउन प्रचण्डको निम्तो

नेपालगञ्ज, १९ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाबाट निर्वाचित नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धवलशम्शेर राणालाई आफ्नो पार्टीमा आउन सार्वजनिक रुपमा निम्तो दिएका छन् ।

मंगलबार बाँकेमा आयोजित एक कार्यक्रममा प्रचण्ड र धवलशम्शेर सहभागी भएका थिए । धवलशम्शेर पूर्व एमाले समूहको नेता मात्र नभई पहिलो शान्ति वार्तामा व्यवस्थापकीय सहयोग गर्ने व्यक्ति समेत भएको भन्दै प्रचण्डले भने, ‘आफ्नो मुलमा आउनेबारे सोच्न आग्रह गर्छु ।’ उनले यसोभन्दा सहभागीहरुले ताली बजाए । यसले राणालाई स्वागत गर्न नेकपा कार्यकर्ता तयार रहेको भन्ने प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताए ।

प्रकाशित मितिः   November 5, 2019 at 7:56 pm 


  • प्रतिक्रिया दिनुहोस्