देउती नागरिकको कार्यालय भवन शिलान्यास

सुर्खेत, २७ भदौ ।
सुर्खेतको देउती नागरिक यातायात प्रा.लि.ले कार्यालय भवनको शिलान्यास गरेको छ । शुक्रबार वीरेन्द्रनगर–३ तातापानीस्थित प्रा.लि.को जग्गामा संस्थाका पदाधिकारीहरूले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

संस्थाको पहिलो वार्षिक सभामा आफूहरूले गरेको प्रतिबद्धताअनुसार जग्गा खरिद गरि कार्यालय भवन निर्माण गर्न लागिएको प्रा.लि.का अध्यक्ष कमल खड्का ‘जुनी’ ले बताए ।

४५ लाख रुपैयाँको लागतमा जग्गा खरिद गरेर भवन निर्माणको तयारी थालिएको हो । भवन निर्माणका लागि झण्डै ४० लाख रुपैयाँ खर्च लाग्ने अध्यक्ष खड्काले बताए । २०७२ सालमा स्थापना भएको प्रा.लि.ले हाल वीरेन्द्रनगरको यरीचोकबाट भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।
प्रा.लि. ले साना–ठूला गरी ७३ गाडी मार्फत दिवा र रात्रीकालिन सेवा दिइरहेको छ ।

प्रकाशित मितिः   September 14, 2019 at 11:00 am 


  • प्रतिक्रिया दिनुहोस्