दशैं आयो, यस्तो छ घटस्थापनादेखि टीकाको साइत

सुर्खेत, २३ भदौं ।
यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । दशैंको टीका असोज २१ गते मंगलबार परेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताए ।

पञ्चाङग निर्णायक समितिका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको पञ्चाङग निर्णायक समितिले बताएको छ ।

यस्तै, १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने समितिले जानकारी दिएको छ । ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने समितिले बताएको छ ।

यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।

प्रकाशित मितिः   September 9, 2019 at 5:53 pm 


  • प्रतिक्रिया दिनुहोस्