रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्‍न अदालतको अनुमति

भदौ, ३ ।

पत्रकार रवि लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ । बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न म्याद थपिएको हो ।

यसअघि गत शुक्रबार अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको थियो । प्रहरीले सोही दिन लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका उनीहरु पक्राउ परेका थिए । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै तीनजनालाई पक्राउ गरिएको थियो ।

प्रकाशित मितिः   August 20, 2019 at 5:46 pm 


  • प्रतिक्रिया दिनुहोस्