बझाङमा एमालेका दमन भण्डारी विजयी

धनगढीः
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । त्यहाँ एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका हुन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा भने सार्वजनिक गरिसकेको छैन । प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिनेछ । उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

प्रकाशित मितिः   April 29, 2024 at 2:16 pm 


  • प्रतिक्रिया दिनुहोस्