जुम्ला, २१ साउन ।
नयाँ शक्ति पार्टी जुम्लाका जिल्ला संयोजक राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् । आइतबारराति चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
सोही नगरपालिका–२ निवासी ४३ वर्षीय बुढथापाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इर्मेजेन्सी कोठामा राखिएको छ । मुचुल्का पछि शवलाई मोष्टमाटम गरिने प्रहरीले बताएको छ । सोमबार साँझ यो समाचार तयारपार्दासम्म घटनाबारे विस्तुत जानकारी नआई सकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटना कसैले घटाएको आंशकामा प्रहरीले सनलाइट होटलका साहु खड्गजित रोकाया र एङ्गल लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः August 6, 2018 at 8:15 pm























कर्मसञ्चार । २०७५ साउन २१ गते सोमवार