जिल्ला न्यायाधिवक्ता ८० हजार घुस रकमसहित पक्राउ

काठमाडौं, ४ मंसिर ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सरकारी वकिल कोषहरि निरौलालाई ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधीवक्ता निरौलालाई सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेको हो । उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए ।
आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार घुसहित नियन्त्रणमा लिएको पुष्टि गरे । निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान गरिने नेपालखबरलाई बताए । आयोगका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले चलाएको ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालाई उन्मुक्ति दिने भन्दै निरौलाले घुस रकम माग गरेका थिए । आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेको अवस्थामा निरौलालाई पक्राउ गरेको हो ।

प्रकाशित मितिः   November 20, 2018 at 1:57 pm 


  • प्रतिक्रिया दिनुहोस्