सर्वाेच्चमा ५ न्यायाधीश सिफारिस, उच्चमा १८ नियुक्त

काठमाडौं, १९ चैत ।

प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाकाे अध्यक्षतामा मंगलबार बसेकाे न्याय परिषद्काे बैठकले सर्वाेच्च अदालतमा ५ जना न्यायाधीश नियुक्तीकाे सिफारिस गरेकाे छ।

परिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमा सहित ५ जनाकाे नियुक्ती सिफारिस गरेकाे हाे। न्यायाधीश सिफारिस हुनेहरूमा वरिष्ठ  अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधीवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र अधिवक्ता डा. मनाेजकुमार शर्मा रहेका छन्।

मंगलबार बसेकाे परिषद् बैठकले उच्च अदालतमा रिक्त रहेका २१ न्यायाधीश समेतकाे नियुक्ती र पदस्थापन गरेकाे छ।

परिषद्ले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायब महान्याधिवक्ता किरण पाैडेल, सर्वाेच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्य निरूपण तथा मेलमिलाप आयाेगका सचिव रमेश ढकाललाइ उच्च अदालतकाे न्यायाधीश नियुक्ती गरेकाे हाे। पाैडेललाइ पाटन, उपाध्यायलाइ पाटनकै हेटाैडा इजलास र ढकाललाइ जनकपुरमा पदस्थापन गरिएकाे छ।

यस्तै तत्कालीन पूनरावेदन अदालतका अतिरिक्त न्यायाधीश निलम पाैडेललाइ उच्च अदालत जनकपुरकाे राजबिराज इजलासमा पदस्थापन सहित नियुक्त गरिएकाे छ।

परिषद्ले जिल्ला न्यायाधीशहरू राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाँद, बालमुकुन्द दवाडी र नागेन्द्रलाल कर्णगरी ६ जनालाइ उच्च अदालतकाे न्यायाधीश नियुक्त गरेकाे हाे।

यस्तै कानून ब्यवसायीहरू जगतबहादुर थापा(माेरङ), सरलाकुमारी पाण्डे (रूपन्देही), विमल सुवेदी (भाेजपुर), रेणुका साह(महाेत्तरी), डालकुमार खड्का(बारा),  उज्वल शुक्ल (ललितपुर) र नवराज थपलिया(नुवाकाेट) लाइ उच्च अदालतकाे न्यायाधीश नियुक्त गरेकाे हाे।

परिषद्ले २०७६ बैशाख १ गतेदेखि नियुक्ती पाउने गरि अधिवक्ता अन्जु उप्रेती ढकाललाइ सिफारिस गर्ने निर्णय समेत गरेकाे छ। उच्च अदालत बिराटनगरका न्यायाधीश उमेशराज पाैडेल अनिबार्य अवकाश हुनेभएपछि उनकाे स्थानमा उप्रेतीकाे नियुक्ती हुने भएकाे हाे।

बैठकले सर्वाेच्च न्यायाधीशकाे चर्चामा रहेका कुमार चुडाललाइ उच्च अदालत पाटन र यज्ञप्रसाद बस्याललाइ पाेखरामा काज सरूवाकाे सिफारिस समेत गरेकाे छ। चुडाल पाेखरा र बस्याल दिपायलमा कार्यरत थिए। यस्तै सर्वाेच्चमा सिफारिस भएका उच्च अदालतका न्यायाधीश ढुङगाना र माथेमालाइ सर्वाेच्चमा काज सरूवाकाे सिफारिस गरिएकाे छ।

प्रकाशित मितिः   April 2, 2019 at 1:49 pm 


  • प्रतिक्रिया दिनुहोस्