
न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकाल ।
सुर्खेत, ५ माघ ।
वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाइएको जानकारी दिइन् ।
अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै बढ्दो जनघनत्वका कारण उजुरी आउने क्रम पनि बढेको उनको भनाइ छ । उक्त नगरपालिकाले ‘न्यायिक समिति कार्यसम्पादन विधेयक २०७५’ पारित गर्नाका साथै हालसम्म ३० ऐन, कानून र निर्देशिकाहरु पारित गरिसकेको जनाएको छ ।
प्रकाशित मितिः January 19, 2019 at 6:06 pm






कर्मसञ्चार । २०७५ माघ ५ गते शनिवार