कांग्रेस सुर्खेतले माघ २१ मा सरकारविरुद्ध प्रदर्शन गर्ने

सुर्खेत, १७ माघ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले माघ २१ मा सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गर्ने भएको छ । सोही कार्यक्रम अनुसार नेपाली कांग्रेस सुर्खेतले पनि विरोध सभालाई सफल बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति कमलराज रेग्मीको सभापतित्वमा बसेको कांग्रेस सुर्खेतको बैठकले केन्द्रीय कार्यक्रम अनुसार वर्तमान सरकारको अलोकतान्त्रिक कदमका विरुद्ध देशभर गरिने विरोधसभा अन्तर्गत सुर्खेतमा हुने विरोधसभालाई पूर्णरुपमा सफल बनाउने निर्णय गरेको हो ।

बैठकले सभामा जिल्ला समिति, क्षेत्रीय समिति, गाउँ तथा नगर समिति, भातृ तथा शुभेच्छुक संघसंगठनका प्रतिनिधिहरु अनिवार्यरुपमा सहभागी हुन आव्हान गर्ने निर्णय गरेको कांग्रेस सुर्खेतका सचिव भूपेन्द्र खत्रीले जानकारी दिए ।

बैठकमा लोकतन्त्र प्राप्तिका लागि ज्यानको आहुती दिने सम्पूर्ण शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छभने कांग्रेसका पूर्व सदस्य स्व. सहवीर खत्री, पूर्व सदस्य मायाराम कँडेलका आमा तथा लेखफर्सा गाविस उपाध्यक्ष तोयानाथ ढकाल र बेलमाया थापाका आमाको निधनप्रति पनि शोक व्यक्त गर्ने निर्णय गरेको सचिव खत्रीले बताए ।

प्रकाशित मितिः   January 31, 2019 at 3:26 pm 


  • प्रतिक्रिया दिनुहोस्