माघ १४, सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव (जैसी) अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो ।
एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि अधिकारीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खटिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
अख्तियारको सुर्खेत कार्यालयले घुस दिने इन्जिनियरको नाम खुलाएको छैैन । नाम नखोल्ने शर्तमा अख्तियार सुर्खेतका एक कर्मचारीले अधिकारीलाई पक्राउ गरि काठमाडौं लगिएको बताए ।
प्रकाशित मितिः January 28, 2019 at 2:37 pm






कर्मसञ्चार । २०७५ माघ १४ गते सोमवार