पत्रकार थापाकाे तीज गीत ‘शिरै लाउनी शिरफूल मेरो’

काठमाडौं, १४ साउन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिदै जाँदा बजारमा नयाँनयाँ तीज गीत आउने क्रम पनि शुरु भएको छ । पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी नै चलेको छ ।

सांगीतिक क्षेत्रमा आवद्ध भएका व्यक्ति मात्रै नभएर अन्य पेशामा आवद्धहरुले पनि तीज गीत निकाल्न थालेका छन् । यसैक्रममा पत्रकार गीता थापाको टिपिकल तीज गीत ‘शिरै लाउनी शिरफूल मेरो’ बजारमा आएको छ ।

भर्खरै मात्र बजारमा आएको गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक के।सी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ । सुर्खेत स्थायी घर भएकी पत्रकार थापाको यसअघि ‘मात्र तिम्रो कारण…’ र पुर्व अनि पश्चिम हसनाले…’ गीत बजारमा आएका छन् ।

 

 

प्रकाशित मितिः   August 1, 2018 at 10:00 am 


  • प्रतिक्रिया दिनुहोस्