दोस्रो नेपाल आइडल रवि ओडकी आमाको निधन, खुसी नसेलाउँदै परिवारमा शोक

सुर्खेत, ११ पुस ।
नेपाल आइडल बनेका रवि ओडकी आमाको मृत्यु भएको छ । उनको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको हो । मंगलबार राति ९ बजे करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णाको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषण गरेको हो ।

उनी रविकी कान्छी आमा भएको र उनलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले जानकारी दिए । गत पुस ६ गते शुक्रबार ओड नेपाल आइडल–२ का विजेता बनेका थिए । हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।

प्रकाशित मितिः   December 26, 2018 at 1:53 pm 


  • प्रतिक्रिया दिनुहोस्