आज यमपञ्चकको दाेस्राे दिन, कुकुर तिहारको महत्व के छ ?

सुर्खेत, २० कात्तिक ।

प्रत्येक वर्ष कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मानिनुका साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन/अनुसन्धानका कार्यमा कुकुरको प्रयोग गरिन्छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ।

प्रकाशित मितिः   November 6, 2018 at 2:37 pm 


  • प्रतिक्रिया दिनुहोस्