सुर्खेत, १८ कात्तिक ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ । हुम्ला, जुम्ला लगायतका जिल्लामा आज बिहानबाट हिउँ पर्न थालेको हो । हिमपातसंगै ति जिल्लामा चिसो बढ्दै गएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । कात्तिकमा परेको हिमपातले बालीनाली भित्र्याउन समस्या पार्ने भन्दै किसानहरु चिन्तित बनेका छन् ।
प्रकाशित मितिः November 4, 2018 at 1:09 pm













कर्मसञ्चार । २०७५ कार्तिक १८ गते आइतवार