दाङ, १५ कात्तिक ।
प्रहरीले २३ असोजमा दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गर्ने आरोपीलाई रोल्पामा विक्री गरिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको विशेष टोलीले रोल्पाका दलबहादुर पुनलाई घटनाको २१ दिनपछि पक्राउ गरेको हो ।
पुनले दाङबाट चितवन लैजादे गरेको १७ लाख रूपैयाँ बराबरको नेपाल टेलिकमको रिजार्ज कार्ड भालुवाङमा बाटोमै चोरी गरेका थिए ।
प्रहरी उपरीक्षक कृष्णहरी शर्माकाअनुसार पुनले चोरी गरेका कार्ड रोल्पाको थवाङ गाउँपालिका– २ अन्तर्गतका क्षेत्रमा वेचविखन गरीरहेका थिए ।
अनुसन्धानमा चोरी गरेका रिचार्ज कार्ड प्युठानको स्वर्गद्वारीमा रहेको पुनको ससुराली घरमा लुकाएको अवस्थामा बरामद भएको हो ।
‘चोरी गरेको कार्डमध्ये केही बेचबिखन र केही ससुरालीमा लुकाएको अवस्थामा बरामद भएको छ । अभियुक्तलाई चोरी मुद्दामा कारवाही गरिरहेका छौं,’ उपरीक्षक शर्माले भने ।


कर्मसञ्चार । २०७५ कार्तिक १५ गते बिहीवार