प्रतिनिधि सभा निर्वाचन: आज उम्मेदवारी दर्ता

सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मंगलबार आज देशभर एकै पटक मनोनयन दर्ता सुरु भएको छ ।  फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको हो । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।  आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन भनेको छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोयनमा सहभागी हुन सबैमा अपिल गरेको छ । आयोगले निर्वाचन कार्यतालिका संशोधन नहुने पनि प्रस्ट पारेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मितिः   January 20, 2026 at 11:51 am 


  • प्रतिक्रिया दिनुहोस्