रारा ताल प्रवेश गर्न एक सय रुपैयाँ शुल्क

          रारामा अहिले दैनिक १ हजार देखि १५ सयसम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

मुगु, ८ कात्तिक ।
मुगुको रारा ताल प्रवेश गर्न आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । रारा राष्ट्रिय निकुञ्जले रारा ताल प्रवेशको लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरेको हो ।
बुधबार बिहानैदेखि रारा ताल पुग्ने सबै व्यक्तिसँग निकुञ्जले एक सय रुपैयाँ शुल्क लिएको रारा पर्यटन विकास समितिका अक्ष्यक्ष तथा रारा मुर्मा होमस्टेका सञ्चालक देविकृष्ण रोकायाले जानकारी दिए । रारामा अहिले दैनिक १ हजार देखि १५ सयसम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
यसअघि छायाँनाथ रारा नगरपालिकाले पनि प्रतिव्यक्ति २ सय रुपैयाँ प्रवेश शुल्क लिएपछि आलोचना भएको थियो । रारामा बस्नको लागि होटल थप्न नदिएको तर पर्यटकसँग शुल्क लिएको भन्दै निकुञ्जको आलोचना हुँदै आएको छ ।

प्रकाशित मितिः   October 25, 2018 at 6:37 pm 


  • प्रतिक्रिया दिनुहोस्