
सुर्खेतः भू–संरक्षण दिवसमा वीरेन्द्रनगर–१ स्थित त्रिपुरेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । ५२औं भू–संरक्षण दिवसको सन्दर्भ पारेर शनिवार भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतको आयोजनामा वृक्षारोपण गरिएको हो । ‘जलवायूजन्य प्रकोपहरूको समग्र समाधान, प्रकृतिमा आधारित एकीकृत जलाधार व्यवस्थापन’ भन्ने मुल नाराका साथ धार्मिकस्थलमा वृक्षारोपण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईंले जानकारी दिए ।
मन्दिर परिसरमा कल्की, समी, वर्रो, निम, राजवृक्ष धुपी, पारीजात रिठ्ठालगायतका विभिन्न प्रजातिका ६० वटा विरुवा रोपण गरिएको छ । वृक्षारोपण कार्यक्रममा त्रिपुरेश्वर शिव मन्दिर व्यवस्थापन समिति, दशनामी समाज सुर्खेत तथा लायन्स क्लव सुर्खेत भैरवस्थान शाखाको समन्वय र सहकार्य रहेको थियो ।
वृक्षारोपणमा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रमेश कुमार गिरी, डिभिजन वन कार्यालय सल्यानका जिल्ला वन अधिकृत टेकवहादुर रावल र मन्त्रालय महाशाखा प्रमुख दिपेश केसीको सहभागिता रहेको थियो । यस्तै, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेलमाया गिरी, लायन्स प्रथम भाईस डिस्ट्रिक गभर्नर टिकाराम चपाई, लायन्स लिडर किशोर रेग्मी, दशनामी समाज यूवा समिति अध्यक्ष वेलभद्र पुरीलगायत सरोकारवाला तथा स्थानीयको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको हो ।
























कर्मसञ्चार । २०८२ साउन २५ गते आइतवार