
काठमाडौंः नेकपा (एमाले) ले दुई पुस्तालाई जोड्न विशेष नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ । हरेक वडामा अग्रजलाई सम्मान र युवा प्रशिक्षण कार्यक्रम सँगसँगै गर्न लागिएको हो । ‘दुई पुस्ता सँगसँगै’ विशेष कार्यक्रम आयोजना गर्ने तयारी थालिएको एमालेले जनाएको छ ।
केन्द्रीय संगठन विभागको सोमबार सम्पन्न बैठकबाट उक्त कार्यक्रम गर्ने निर्णय भएको संगठन विभागका सचिव माधव ढुंगेलले बताए । उनका अनुसार बैठकले जरा अभियान जस्तै अभियान लिएर एमाले जनताका घर घरमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।
एमालेले सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षणसहितका बैठक आयोजना गर्ने भएको छ । यसैगरी बैठकले सदस्यता नवीकरण–पूर्व अनिवार्यरुपमा परीक्षा दिनुपर्ने व्यवस्था गर्ने जनाएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन संगठनात्मक क्षेत्रका कामलाई व्यवस्थित योजनाका साथ विभागहरुलाई क्रियाशील बनाउने र विधान महाधिवेशनका तयारीका लागि संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई रिपोर्ट उपलब्ध गराउने निर्णय भएको छ ।
प्रकाशित मितिः July 15, 2025 at 2:36 pm


कर्मसञ्चार । २०८२ असार ३१ गते मंगलवार