एमयूमा लोकवार्ता विज्ञानको पढाइ शुरु

सुर्खेत, ५ माघ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक ‘लोकवार्ता विज्ञान’ विषय पढाउन शुरु गरेको छ । एमयूले मानविकी तथा समाजशास्त्र सङ्कायअन्तर्गत दुई वर्षे स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको पढाइ शुरु गरेको हो ।

मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राध्यापक खोपीराम लम्सालले लोकवार्ता विज्ञानको पाठ्यसामग्रीमा मानवीय पक्षसँग सम्बन्धित परम्परा, पुस्ता–प्रवृत्ति, लोककथा, कहानी, लोक नाटक, धर्मसंस्कृति, जातजाति, पहिचान, रहनसहन खानपिनलगायत समेटिएको जानकारी दिए । एमएयूको केन्द्रीय क्याम्पसले इच्छुक विद्यार्थीका लागि भर्ना आवेदन मागेको छ ।

प्रकाशित मितिः   January 19, 2019 at 5:31 pm 


  • प्रतिक्रिया दिनुहोस्