पूर्वी सुर्खेतमा टेलिफोन सेवा अवरुद्ध

सुर्खेत, ८ असोज ।
पूर्वी सुर्खेतमा नमस्ते मोवाइलको टावरमा खराबी हुँदा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिम्तागाउँपालिका–३ झ्याममा रहेको नमस्ते मोवाइलको टावरमा खराबी हुँदा त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वन्चित भएका हुन् ।

झ्याममा रहेको नमस्तेको टावरमा गए शनिबारदेखि समस्या देखिएको सिम्ता गाउँपालिका–३ का अध्यक्ष नहकुल बुढाले जानकारी दिए । साउन महिनामा पनि टावरमा समस्या आएको थियोे ।

नमस्तेको टावरमा खराबी आउँदा सिम्ता गाउँपालिकाको केन्द्र जामुने बजार, फलकोट, आग्रीगाउँ, बजेटीचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिका–१ को नाम्रा, २ को बामे घर्तिगाउँ, ३ को बामेऔल वेशीलगायतका स्थानीय टेलिफोन सेवाबाट वन्चित भएका छन् ।

प्रकाशित मितिः   September 24, 2018 at 6:48 pm 


  • प्रतिक्रिया दिनुहोस्