कर्णाली प्रदेश यातायातमा एक दर्जन प्रालि आवद्ध

सुर्खेत, १ असोज ।
कर्णाली प्रदेशमा गठन भएको यातायात प्राईभेट लिमिटेडको छाता संगठनमा एक दर्जन प्रालि आवद्ध भएका छन् । केही दिन पहिले कमल खड्का (जुनी) को अध्यक्षतामा गठन भएको कर्णाली प्रदेश यातायात प्रालिमा आइतबार थप चार यातायात प्रालि आवद्ध भएका हुन् ।

भेरी कर्णाली यातायात प्रालि सुर्खेत, रारा छायाँनाथ मुगु, तिला कर्णाली यातायात प्रालि, जाजरकोट यातायात प्रालि र ज्वाला यातायात प्रालि थपिएको कर्णाली प्रदेश यातायात प्रालिका अध्यक्ष खड्काले जानकारी दिए । सबै यातायात प्रालिसँग सहकार्य गर्दै यात्रु तथा सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न प्रालिहरूकोे छाता संस्था स्थापना गरिएको उनले बताए ।

देउती नागरिक यातायात प्रालि, नमस्ते सुर्खेत यातायात प्रालि, सिद्धपाईला यातायात प्रालि, हिल्सा पब्लिक यातायात प्रालि, सुर्खेत देउती यातायात प्रालि, भेरी कर्णाली ट्रक तथा ट्याक्टर प्रालि र जानकी यातायात प्रालि यसअघि नै कर्णाली प्रदेश यातायात प्रालिमा आवद्ध भइसकेका छन् ।
यस्तै प्रालिको बैठकले सूर्यबहादुर रावतलाई सल्लाहकारमा चयन गरेको छ भने बुलबुले यातायात प्रालिका सचिव सोनाम लामालाई सदस्यबाट हटाउने निर्णय गरेको अध्यक्ष खड्काले बताए । प्रालिको बरिष्ठ सल्लाहकारमा सुदर्शन श्रेष्ठ, सल्लाहकारमा टेकबहादुर गुरुङ्ग, महेन्द्रप्रसाद चपाइँ र उपेन्द्र शाहीलाई यसअघि नै चयन गरिएको थियो । प्रालिको कानुनी सल्लाहकारमा नन्द भण्डारीलाई चयन गरिएको छ ।

https://karmasanchar.com/2018/09/1228/

प्रकाशित मितिः   September 17, 2018 at 10:07 am 


  • प्रतिक्रिया दिनुहोस्