रूख काटेपछि प्रहरीको फन्दामा

सुर्खेत, ३० भदौ ।
सुर्खेतमा सालका हरिया रूख काट्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको छ । वीरेन्द्रनगरको बांगेसिमल नजिकको जंगलमा हरियो सालको रूख काट्दै गरेको अवस्थामा शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बांगेसिमलका क्षितिज विक र हर्क विक रहेको सुर्खेत डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।  पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र वन ऐन अनुसार कारवाही गरिने उनले बताए ।

प्रकाशित मितिः   September 15, 2018 at 6:05 pm 


  • प्रतिक्रिया दिनुहोस्