


सुर्खेत । सुनको मूल्य तोलाको साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको छ । सुनको यो मूल्य भाउ हालसम्मकै उच्च हो ।
अघिल्लो दिन सुन २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।
























कर्मसञ्चार । २०८२ असोज ३० गते बिहीवार