मालारानी– काठमाडौं रुटमा डिलक्स बस

नयाँ सञ्चालनमा आएका बस मालारानीबाट दिउँसो साढे एक बजे छुट्ने छ भने काठमाडौंबाट सबा ४ बजे मालारानीका लागि छुट्नेछ । सेवा असोज १ गतेदेखि नै सुरु हुनेछ ।

सुर्खेत, २९ भदौ ।
काँक्रेविहार यातायात व्यवसायी संघले पूर्वी सुर्खेतको मालारानी–काठमाडौं डिलक्स बस सञ्चालनमा ल्याएको छ । संघले दशैंको अवसर पारेर ४ वटा नयाँ बस सञ्चालनमा ल्याइएको हो ।
संघले वर्षैपिच्छे नयाँ बस थप्दै आएको र यसवर्ष पनि दशैंमा यात्रुको सुविधालाई ध्यानमा राखेर डिलक्स बस सञ्चालनमा ल्याएको संघका सचिव रमेश सापकोटाले बताए । उनका अनुसार काठमाडौं छिन्चु हुँदै मालारानीसम्म चल्ने बस अत्याधुनिक, सुविधायुक्त र आरामदायी छ ।
‘सो क्षेत्रसम्म पुग्न अहिलेसम्म डिलक्स बस थिएनन्, अब त्यहाँका स्थानीयले काठमाडौंसम्मको यात्र आरामदायी बसमा गर्न पाउनेछन्,’ उनले भने । नयाँ सञ्चालनमा आएका बस मालारानीबाट दिउँसो साढे एक बजे छुट्ने छ भने काठमाडौंबाट सबा ४ बजे मालारानीका लागि छुट्नेछ । सेवा असोज १ गतेदेखि नै सुरु हुनेछ । संघले भविष्यमा पनि यात्रुको सुविधालाई ध्यानमा राखेर बस थप्दै जाने योजना बनाएको छ ।

प्रकाशित मितिः   September 14, 2018 at 4:18 pm 


  • प्रतिक्रिया दिनुहोस्